Kathmandu Press

दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते?

शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ।
दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते?

काठमाडौं, असोज ४ : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ।

समितिका सभापति प्राडा माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। समितिले टीका साइतका विषयमा विश्वभरबाट आएको जिज्ञासालाई ध्यानमा राख्दै यो साइत सार्वजनिक गरेको हो। 

शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ।

काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे निर्धारण गरिएको छ।

अन्य प्रमुख देशहरूमा टीकाको समय यस प्रकार छः

  • भारत (दिल्ली): ११:४९ अक्टोबर २
  • अमेरिका (न्यूयोर्क): ११:०५ अक्टोबर १
  • अमेरिका (क्यालिफोर्निया): ११:२५ अक्टोबर १
  • क्यानाडा (टोरन्टो): ११:५५ अक्टोबर १
  • अष्ट्रेलिया (सिड्नी): ११:३१ अक्टोबर २
  • अष्ट्रेलिया (मेलबर्न): ११:५३ अक्टोबर २
  • जापान (टोकियो): ११:३१ अक्टोबर २
  • दक्षिण कोरिया (सियोल): १०:५७ अक्टोबर २
  • युएई (अबुधावी): १०:५५ अक्टोबर २
  • कतार (दोहा): १०:१३  अक्टोबर २
  • मलेसिया (क्वालालम्पुर): ११:११ अक्टोबर २
  • सिंगापुर: ११:०९ अक्टोबर २
  • लन्डन (बेलायत): ०९:१७  अक्टोबर २
  • पेरिस (फ्रान्स): ०९:५७ अक्टोबर २
  • ओस्लो (नर्वे): १०:०३  अक्टोबर २
  • लिस्बन (पोर्चुगल): ०९:२३ अक्टोबर २
  • टेल अविभ (इजरायल): ११:३५ अक्टोबर २
  • जिनेभा (स्विट्जरल्याण्ड): १०:२५ अक्टोबर २
  • हङकङ: ११ः४५ अक्टोबर २
  • साउदी अरेबिया: १०:५५ अक्टोबर २
  • याङ्गुन (म्यानमार): १०:२७ अक्टोबर २
  • माल्टा: १०:५५ अक्टोबर २
     

 

प्रकाशित मिति: २०:१६ बजे, शनिबार, असोज ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्