Kathmandu Press

जलेको निवासमै शेखरको पत्रकार सम्मेलन, भने– देशको निकास चुनावमै छ

‘अब ६ महिनाभित्र हुने निर्वाचन नै देशको निकास हो। यो सरकार निर्वाचनका लागि मात्र हो, अरू विकल्प छैन,’ उनले भने, ‘म कांग्रेसका सम्पूर्ण कार्यकर्तालाई भन्छु- संयमित भएर, नडराई, चुनावमा होमिनुहोस्।’
जलेको निवासमै शेखरको पत्रकार सम्मेलन, भने– देशको निकास चुनावमै छ
फाइल तस्बिर।

मोरङ, असोज ४ : नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशलाई निकास दिने एक मात्र उपाय अब चुनाव भएको बताएका छन्।

शनिबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानलाई क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको र न्यूनतम क्षति गर्दै निर्वाचन घोषणा गरेको भन्दै अब सबै दल र कार्यकर्ताले चुनावको तयारीमा जुट्नुपर्ने बताए।

हालै बसेको कांग्रेसको कार्यसम्पादन समितिमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशनमार्फत पार्टी पुनर्गठन गर्न सकिने प्रस्ताव राखेका थिए । तर, कोइरालाले त्यसबारे अहिले धारणा दिन नमिल्ने बताए।

‘संविधानलाई धेरै नचलाइ, न्यूनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ। अहिले संविधान डिरेल भए पनि यसलाई ट्रयाकमा ल्याउने भनेको निर्वाचन नै हो,’ कोइरालाले भनेका छन्।

यस्तै, उनले जेनजी आन्दोलन उठ्नुमा राजनीतिक दल र नेतृत्वको कमजोरी रहेको स्वीकार गरे। ‘उनीहरूले उठाएका मागलाई हामीले आत्मसात गर्न सकेनौँ, विश्वास गरेनौँ। त्यो सरकारको पनि गल्ती भयो,’ उनले भने।

उनले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग समेत गरेका छन्। 

कोइरालाले पत्रकार सम्मेलन आफ्नै निवासमा गरे, जुन केही दिनअघि जेनजी आन्दोलनकै क्रममा आगजनीमा परि जलेको थिया । भावुक हुँदै उनले भने, ‘यो घर मेरो मात्र होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको प्रतीक हो । यो घर जले पनि लोकतन्त्रको लडाइँ यहाँबाट नै अघि बढ्छ।’

उनले कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस भए पनि अहिलेको प्राथमिकता चुनाव भएको दोहो¥याए। 

‘अब ६ महिनाभित्र हुने निर्वाचन नै देशको निकास हो। यो सरकार निर्वाचनका लागि मात्र हो, अरू विकल्प छैन,’ उनले भने, ‘म कांग्रेसका सम्पूर्ण कार्यकर्तालाई भन्छु- संयमित भएर, नडराई, चुनावमा होमिनुहोस्।’
 

प्रकाशित मिति: १६:१५ बजे, शनिबार, असोज ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्