Kathmandu Press

आगजनी गरिएका भवनको अवलोकनमा इन्जिनियर एशोसिएशन

शनिबार आगजनीसहित तोडफोड भएको मन्त्रालयको अनुगमन गर्दै एशोसिएशनका अध्यक्ष इ.सुभासचन्द्र बरालले विशेष प्राथमिकता धेरै सेवाग्राहीहरु प्रभावित भइरहेको सरकारी भवनहरुलाई दिएर अध्ययन गरिरहेको बताए। 
आगजनी गरिएका भवनको अवलोकनमा इन्जिनियर एशोसिएशन

काठमाडौं, असोज ४ : नेपाल इन्जिनियर एशोसिएशनले भदौ २४ गतेको आन्दोलनमा ध्वस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन गरेको छ। 

शनिबार आगजनीसहित तोडफोड भएको मन्त्रालयको अनुगमन गर्दै एशोसिएशनका अध्यक्ष इ.सुभासचन्द्र बरालले विशेष प्राथमिकता धेरै सेवाग्राहीहरु प्रभावित भइरहेको सरकारी भवनहरुलाई दिएर अध्ययन गरिरहेको बताए। 

Hardik ivf

‘हाम्रो विशेष प्राथमिकता भनेको त्यस्तो सरकारी भवनहरु हो जुन सञ्चालनमा नहुँदा धेरै सेवाग्राहीहरु प्रभावित भइरहेका छन्। ती भवनहरु हेर्ने क्रम जारी छ,’ उनले भने, ‘विशेषगरि शहरी विकास तथा भवन निर्माण विभाग, नेपाल इन्जिनियर एशोसिएशनलगायत विभिन्न इन्जिनियरिङ् सोसाइटीहरु छन्। हामीले विपद्सँग जोडिएका इन्जिनियरिङ् सोसाइटीका सम्पूर्ण इन्जिनियरहरुलाई एक गरेर प्रारम्भिक अध्ययन गरिरहेका छौं।’

उनले यो अध्ययनले भवनहरु हाललाई प्रयोग गर्न मिल्छ कि मिल्दैँन्, प्रयोग गर्न कतिको जोखिम छ, भन्ने कुरा बुझ्नलाई भएको भन्दै यो कार्य सातवटै प्रदेशमा गरिरहेको बताए। 

उनले स्वास्थ्य मन्त्रालय र सर्वोच्च अदालतमा हाललाई प्रयोग गर्न जोखिमयुक्त रहेको भन्दै सिंहदरबारभित्रका पनि भवनहरु धेरै ठाँउमा क्षति नभएको बताए। 

प्रयोग गर्न नहुने भवनमा रेड स्टिकट टाँसेको भन्दै त्यो भनेको हाललाई नमिल्ने हो, त्यसलाई मर्मत गर्न सकिने पनि उनको भनाई छ। उनले सरकारी संघीय भवनहरु २३० वटाको हाराहारीमा क्षति भएको भन्ने अनौपचारिक डाटा आएको र प्रदेश र स्थानीयस्तरको भने अझै नआएको बताए। 

मन्त्रालयमा हाल सरसफाई गर्ने कार्य पनि भइरहेको छ। 

प्रकाशित मिति: १४:०६ बजे, शनिबार, असोज ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्