Kathmandu Press

मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक

बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङले छलफल गरिरहेका छन्।
मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक

काठमडौं, असोज ४ : देशका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

शुक्रबार रातिदेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन कठिनाइ भएको छ। 

Hardik ivf

बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङले छलफल गरिरहेका छन्। सरोकारवालले बैठकमा सडकको अवस्थाबारे जानकारी गराएका छन्। 

यस्तै, कोशी राजमार्ग, अरनिको राजमार्गका पनि विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ। 

प्रकाशित मिति: १३:०३ बजे, शनिबार, असोज ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्