आजको मौसम : कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना
यस्तै महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा सामान्य बदली रहने छ ।
काठमाडौं, असोज ४ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
यस्तै महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा सामान्य बदली रहने छ । कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।
प्रकाशित मिति: १०:०५ बजे, शनिबार, असोज ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-ink-1744291933.jpeg)
