Kathmandu Press

कांग्रेस नेता शशांकको प्रश्न– म मन्त्री भएको छैन, भ्रष्टाचार गरेको छैन घर किन जलाइयो?

‘चार चोटी जिते मन्त्री पनि भएको छैन। न त भ्रष्टाचार नै गरेको छु। मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो। ८० वर्ष पुरानो कोइराला निवास जल्यो। किन जल्यो? यो प्रश्नको उत्तर म दिन सक्दिनँ,’ उनले भने।
कांग्रेस नेता शशांकको प्रश्न– म मन्त्री भएको छैन, भ्रष्टाचार गरेको छैन घर किन जलाइयो?

काठमाडौं, असोज ३ : नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफु एकपल्ट मन्त्री नभएको र भ्रष्टाचार पनि नगरेको अवस्थामा घर किन जलाइयो भन्ने प्रश्न गरेका छन्। 

नेता कोइरालाले जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको बताउँदै यस्तो प्रश्न उठाएका हुन्। संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा नेता कोइरालले वास्तविक जेन–जी को हो? भनेर ठम्याउनुपर्ने बेला भएको भनाई समेत राखे। 

‘म त अचम्ममा परेँ। कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो। मान्छेहरु मरे। भनिन्छ– एक्सपर्टले गोली हानेको छ। टाउको र छातीमा नै गोली हानेको छ। जुन पुलिसले गर्नै सक्दैन,’ उनले भने, ‘घुसपैठहरु आन्दोलनमा घुसेका छन्। सबैभन्दा पहिले त हामीले यो जेन–जी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनुपर्यो।’ 

जेनजीहरुले सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा मात्रै उठाएको पति उनले बताए। कोइरालाले आफुले के गल्ति गरेको थिएँ भनेर थाहा नपाएको बताए।

‘चार चोटी जिते मन्त्री पनि भएको छैन। न त भ्रष्टाचार नै गरेको छु। मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो। ८० वर्ष पुरानो कोइराला निवास जल्यो। किन जल्यो? यो प्रश्नको उत्तर म दिन सक्दिनँ,’ उनले भने।

नेता कोइरालाले संकटका बेला संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने आवस्यकता रहेको समेत बताए। 

प्रकाशित मिति: २०:१६ बजे, शुक्रबार, असोज ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्