प्रतिनिधिसभाबाट सरकार गठन गर्ने उपाय नभएपछि संसद् विघटन : राष्ट्रपति
पौडेलले मुलुक फेरि नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको बताए। साथै पौडेलले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको अगामी बाटो तय गर्ने विश्वास पनि व्यक्त गरे।
काठमाडौं, असोज ३ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट सरकार गठन गर्ने उपाय नभएपछि संसद् विघटन गरिएको भनाई राखेका छन्।
राष्ट्रपति पौडेलले संविधान दिवसको अवसरमा सितल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै उक्त भनाई राखेका हुन्।
‘प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले यो कदम चालिएको कुरा सबैले बुझौं। र, ६ महिनाभित्र प्रतिनिधि सभा ल्याउने चुनाव सम्पन्न गर्न सबै लागौं,’ राष्ट्रपति पौडेलले भने, ‘यो घडीमा म सबै राजनीतिक दल मुुलुकको शासन तथा व्यवस्थापनमा आवद्ध निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व होइन पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यका साथ निर्वाचनको सफलताका लागि क्रियाशिल हुन आह्वान गर्दछु।’
पौडेलले मुलुक फेरि नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको बताए। साथै पौडेलले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको अगामी बाटो तय गर्ने विश्वास पनि व्यक्त गरे।
संवोधनकाक्रममा राष्ट्रपति पौडेलले अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्ने पनि बताए। साथै, पौडेलले जेनजी आन्दोलनको क्रममा राष्ट्रले भोगेको क्षतिको पुर्ननिर्माण अहिलेको मुख्य कार्यभार रहेको पनि बताए।
६ महिनाभित्रमा निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गनुपर्नेसमेत उनले बताए।











-ink-1744291933.jpeg)
