Kathmandu Press

मन्त्री कुमालमान घिसिङ भन्छन्– मन्त्रिपरिषदले चाँडै पूर्णता पाउँछ

‘सरकारले आफूले गर्नुपर्ने कामहरु अगाडि बढाइसकेको छ। अब मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ। मन्त्रिपरिषदलाई पूर्णता दिने कुरा प्रधानमन्त्रीले चाँडै गर्छु भन्नुभएको छ।’ 
मन्त्री कुमालमान घिसिङ भन्छन्– मन्त्रिपरिषदले चाँडै पूर्णता पाउँछ

काठमाडौं, असोज ३ : अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङले मन्त्रिपरिषदले चाँडै पूर्णता पाउने बताएका छन्।

मन्त्री घिसिङले नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग परिसरमा शुक्रबार सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उक्त जानकारी गराएका हुन्। 

पत्रकारको जिज्ञासामा मन्त्री घिसिङले भने, ‘सरकारले आफूले गर्नुपर्ने कामहरु अगाडि बढाइसकेको छ। अब मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ। मन्त्रिपरिषदलाई पूर्णता दिने कुरा प्रधानमन्त्रीले चाँडै गर्छु भन्नुभएको छ।’ 

उनले जेनजी आन्दोलनको क्रममा ध्वस्त भएका संरचना निर्माणमा जुटन पनि सबैलाई आह्वान गरे। 
 

प्रकाशित मिति: १६:३९ बजे, शुक्रबार, असोज ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्