Kathmandu Press

सभापति देउवा उपचारका लागि अझै केही दिन अस्पतालमा बस्नुपर्ने  

गत भदौ २४ गते जेनजी आन्दोलनकाक्रममा घुसपैठ हुँदा अबाञ्छित समूहले निवासमा आगजनी, तोडफोड र लुटपाट गर्दै सभापति देउवामाथि सांघातिक आक्रमण गरेको थियो। 
सभापति देउवा उपचारका लागि अझै केही दिन अस्पतालमा बस्नुपर्ने  
फाइल तस्बिर।

काठमाडौं, असोज ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अझै केही दिन उपचारकाक्रममा अस्पतालको बसाई हुने भएको छ। 

गत भदौ २४ गते जेनजी आन्दोलनकाक्रममा घुसपैठ हुँदा अबाञ्छित समूहले निवासमा आगजनी, तोडफोड र लुटपाट गर्दै सभापति देउवामाथि सांघातिक आक्रमण गरेको थियो। 

सांघातिक आक्रमण हुँदा टाउकोमा गम्भीर चोट लागेका कारण छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ। 

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए।

बैठकपछि पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देउवा उपचारकाक्रममा सैनिक अस्पताल छाउनीमा रहेको र चिकित्सकले अझै केही दिन बस्नुपर्ने बताएको जानकारी दिए। देउवाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पनि विश्वकर्माले बताए। 

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, असोज ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्