Kathmandu Press

चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम स्थगित

काठमाडौं, जेठ २ : चलचित्र पत्रकार संघ नेपालले यस वर्षको ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार’ स्थगित गरेको छ।

देशमा....

चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम स्थगित

काठमाडौं, जेठ २ : चलचित्र पत्रकार संघ नेपालले यस वर्षको ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार’ स्थगित गरेको छ।

देशमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएकाले सावधानी अपनाउन कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ।

संघको स्थापन दिवस अवसरमा जेठ ७ गते दुई जना चलचित्र पत्रकारलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’, दुई जनालाई ‘चलचित्र पत्रकारिता पुरस्कार’ र एक जनालाई ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट सम्मानित गरिँदै आएको थियो।

संघले अर्को वर्ष पुरस्कार रकममा बढोत्तरीका साथ मोफसलबाट पनि थप एक जनालाई ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिने जनाएको छ।

शुक्रबार जारी गरेको विज्ञप्तिमा स्थापना दिवसको दिन डिजिटल प्लेटफर्ममार्फत् संघले २१औं वार्षिक उत्सव मनाउने उल्लेख गरेको छ।

प्रकाशित मिति: १२:१९ बजे, शुक्रबार, जेठ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्