Kathmandu Press

आगजनी भएको कांग्रेस केन्द्रीय कार्यालयको सरसफाई आइतबार, क्षतिको विवरण पनि सार्वजनिक गरिने 

आगजनी भएको कांग्रेस केन्द्रीय कार्यालयको सरसफाई आइतबार, क्षतिको विवरण पनि सार्वजनिक गरिने 

काठमाडौ, असोज ३ : नेपाली कांग्रेसले गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको विवरण आगामी आइतबार (असोज ५) सार्वजनिक गर्ने भएको छ । 

असोज ५ गते सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गरिने र सोही दिनको दिउँसो १ बजेदेखि पार्टी कार्यालय सरसफाइ गरिने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

Hardik ivf

यस्तै कांग्रेसले सामूहिक सरसफाइ कार्यमा सहभागी हुन पार्टीले आग्रह समेत गरेको छ । गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले बेथितिविरुद्ध काठमाडौँ लगायत देशभर आन्दोलन गरेका थिए ।

त्यसक्रममा सार्वजनिक तथा निजी सम्पत्ति,पार्टी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरिएको थियो ।  

 

550757061_1123052456440879_3311486745477360383_n

प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, असोज ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्