Kathmandu Press

कांग्रेसले संसद् पुनर्स्थापनाको मागलाई प्रमुख मुद्दा बनाउनुपर्छ : नेता सिटौला

‘संसद् विघटन संविधान अनुसार छैन ।  संसद् विघटनलाई पार्टीले असंवैधानिक भनेको अवस्थामा ससद् पुनर्स्थापना कांग्रेसको प्रमुख माग हुनुपर्छ,’ उनले भने।
कांग्रेसले संसद् पुनर्स्थापनाको मागलाई प्रमुख मुद्दा बनाउनुपर्छ : नेता सिटौला
फाइल तस्बिर।

काठमाडौं, असोज ३: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको कार्यसंपादन समितिको बैठकमा संसद् पुनस्र्थापनाको मागलाई प्रमुख मुद्दा पार्टीले बनाएर जानुपर्ने धारणा राखेका छन्।

कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकमा सिटौलाले संसद् विघटन असंवैधानिक रहेको भन्दै संसद पुनर्स्थापनाको मागलाई प्रमुख मुद्दा बनाउनु पर्ने बताएका हुन्। 

‘संसद् विघटन संविधान अनुसार छैन ।  संसद् विघटनलाई पार्टीले असंवैधानिक भनेको अवस्थामा ससद् पुनर्स्थापना कांग्रेसकोे प्रमुख माग हुनुपर्छ,’ उनले भने।

कांग्रेस कार्यसंपादन समिति बैठकले पछिल्लो घटनाक्रमबारे अन्य दलसँग पनि संवाद गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: १५:२१ बजे, शुक्रबार, असोज ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्