Kathmandu Press

‘जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ता नै थिए’

‘जतिबेला हामीले विद्रोह सुरु गरेका थियौं, त्यो बेलापनि ९० प्रतिशत भन्दा धेरै जेनजी पुस्ता नै थिए। त्यसैले सबैभन्दा ठूलो विद्रोह जेनजी विद्रोह त जनयुद्ध नै हो। कसैले यसलाई हो कि होइन भनेर दुविधामा नपरौं,’ उनले भने।
‘जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ता नै थिए’

काठमाडौं, असोज ३ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबैभन्दा ठूलो जेनजी विद्रोह त जनयुद्ध नै भएको दाबी गरेका छन्। 

शुक्रबार संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बताउँदै उनले जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ताको सहभागिता रहेको बताउँदै ठूलो विद्रोह जेनजी विद्रोह नै भएको दाबी गरे। 

Hardik ivf

‘जतिबेला हामीले विद्रोह सुरु गरेका थियौं, त्यो बेलापनि ९० प्रतिशत भन्दा धेरै जेनजी पुस्ता नै थिए। त्यसैले सबैभन्दा ठूलो विद्रोह जेनजी विद्रोह त जनयुद्ध नै हो। कसैले यसलाई हो कि होइन भनेर दुविधामा नपरौं,’ उनले भने।

त्यस्तै उनले संसद् विघटन गर्ने मात्र नभई संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउन भएका कसरत नजिकबाट हेर्ने र बुझ्ने मौका पाएको बताए। 

राष्ट्रपति रामचन्द्र पौडेल, सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन आफूले भूमिका खेलेको पनि उनको दाबी छ। 

‘मैले संसद् विघटन गर्ने मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउन के कस्ता कसरत भए भन्ने कुरा नजिकबाट हेर्ने र नजिकबाट बुझ्ने मौका पाएँ,’ उनले भने, ‘मैले अन्तिममा समस्याको सहजीकरण गर्नेक्रममा रातभर बसेर राष्ट्रपति, सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकारमा गएर भएपनि संविधान बचाउनुपर्छ भनेर आग्रह गरेको हुँ।’

अध्यक्ष दाहालले जेनजीले उठाएका मागहरू आफूहरूले १० वर्ष अगाडि नै उठाएको भन्दै त्यो बेला आफूहरुको माग सुनेको भए अहिले जेनजी आन्दोलन गर्नुपर्ने अवस्था नआउने पनि धारणा राखे। 

‘संख्याका बलमा हाम्रो आवाज वेवास्ता गरियो। धेरै अहंकार ठूला भन्ने पार्टीहरूले गरे। यस्तो अहंकारका कारण ति पार्टीलाई भोलि जनताले बढार्छन् भनेर मंले त पटक पटक भनेको थिएँ। यस्तो अहंकारको मूल्य धेरै चर्को पर्नेछ,’ उनले भने, ‘जनतामा आक्रोश दिनप्रतिदिन बढेको छ र यो कुनै बेला विस्फोट हुनसक्छ  मैले श्रीलंका र बंगलादेशको घट्ना स्मरण गराएको थिए। त्यसैको अभिव्यक्तिको रुपमा जेनजी आन्दोलन भयो।’ 
 

प्रकाशित मिति: १५:०७ बजे, शुक्रबार, असोज ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्