‘संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आयो’
शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०७२ मा संविधान निर्माण गरेदेखि प्रत्येक बर्ष परिस्थिति अनुसार संविधान दिवस मनाउनुपर्ने अवस्था आएको बताए।-(7)-1758272691.jpg)
काठमाडौं, असोज ३ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ११औँ संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आइपरेको बताएका छन्।
शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०७२ मा संविधान निर्माण गरेदेखि प्रत्येक बर्ष परिस्थिति अनुसार संविधान दिवस मनाउनुपर्ने अवस्था आएको बताए।
राजनीतिक र देशको परिस्थितिले गर्दा आइपर्ने उतारचढाव अनुसार दिवस मनाउनुपर्ने अवस्था आइपरेको औंल्याए।
जेनजी आन्दोलनका कारण उत्पन्न भएको नयाँ राजनीतिक परिस्थितिको बिचमा संविधान दिवस मनाउँदै गर्दा यसको मौलिकता र विशेषताको पनि चर्चा गर्नुपर्ने अवस्था आएको बताए।
त्यस्तै उनले विगतका देशमा संविधान सभाबाट संविधान बनाउने ठाँउसम्म झण्डै ७० वर्षभन्दा लामो यात्रा तय गर्न परेको बताएका छन्।
अध्यक्ष दाहालले जनयुद्धको दिनलाई स्मरण गर्दै जुन उदेश्य, संकल्पसहित मुक्ति या मृत्युको सपथ खाएर जनयुद्धको विद्रोेहमा होमिएकाले ती संकल्प र निर्णयहरु देशलाई युगान्तकारी परिवर्तनको बाटोमा ल्याउन गोरेटो कोरेको बताए।
जनयुद्धमा हजारौंको रगत बढेका कारण मृत्यु या मरणको सपथ खाएर, निरंकुशतन्त्रका विरुद्ध, सामन्ती, निरंकुशतन्त्रका विरुद्ध र वैदेशिक दबाब हस्तक्षेपविरुद्ध एउटा विद्रोहका विरुद्ध उद्घोष गरेका कारण अहिले देशमा संविधानमार्फत उत्पीडित समुदायले संविधानमार्फत अधिकार प्राप्त गरेको उनले बताए।












