Kathmandu Press

जेनजी आन्दोलनमा घरमै जलेकी झलनाथ खनाल पत्नी चित्रकारको हात काटियो 

उनको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकले जनाए अनुसार उपचारकै क्रममा संक्रमण फैलिन थालेपछि उनको हात काट्नुपरेको हो। 
जेनजी आन्दोलनमा घरमै जलेकी झलनाथ खनाल पत्नी चित्रकारको हात काटियो 

काठमाडौं, असोज २ : जेनजीको आन्दोलनका क्रममा जलेर घाइते बनेकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रवीलक्ष्मी चित्रकारको हात काटिएको छ। 

गत भदौ २४ गतेको जेनजी आन्दोलनकारीले घरमा आगोलागी गर्दा चित्रकार जलेर घाइते भएकी थिइन्। 

उनको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकले जनाए अनुसार उपचारकै क्रममा संक्रमण फैलिन थालेपछि उनको हात काट्नुपरेको हो। 

चित्रकारको देब्रेहात चाहिँ कुहिनोदेखि तल काटेर फालिएको छ । ७० वर्षकी चित्रकारको शरिरको १७ प्रतिशत भाग जलेको बताइएको छ। अझै पनि उनी बोल्न सक्ने अवस्थामा नरहेको बताइएको छ। 

प्रकाशित मिति: १८:०५ बजे, बिहीबार, असोज २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्