Kathmandu Press

निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : अध्यक्ष दाहाल 

जनताको अपेक्षासँग तुलना गर्दा आफूहरू कमजोर देखिएको स्वीकार गर्दै उनले सच्याउने प्रतिबद्धता जनाएका छन्। नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र छलफल सुरु भइसकेको उनले बताए।
निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : अध्यक्ष दाहाल 

काठमाडौं, असोज २ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।

बिहीबार एक भिडियोमा बोल्दै उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन चुनाव सम्पन्न ढिलो गर्न नहुने बताए। 

Hardik ivf

‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन्। अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको छ,’ उनले भनेका छन्, ‘चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुनसक्छ। हामी घोषित निर्वाचन समयमैं सम्पन्न होस् भन्ने चाहन्छौं।’

उनले आफ्नो सम्बोधनमा अतीतका कमजोरीहरूलाई स्वीकार गर्दै पार्टी र नेतृत्व दुवैलाई सच्याउने प्रक्रियामा रहेको समेत बताए।

अध्यक्ष दाहालले सरकारको नेतृत्व गर्दा कुनै राष्ट्रघाती सम्झौता नगरेको र भ्रष्टाचारविरुद्ध निरन्तर लडिरहेको दाबी गरे। तर, जनताको अपेक्षासँग तुलना गर्दा आफूहरू कमजोर देखिएको स्वीकार गर्दै उनले सच्याउने प्रतिबद्धता जनाएका छन्। नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र छलफल सुरु भइसकेको उनले बताए।

‘हामीले गलत विचार वा नीति लिएका होइनौं तर व्यवहारमा कतै चुक्यौँ। लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो। संविधान र लोकतन्त्रको रक्षा मार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नुपर्छ, यो सबै नेपालीको साझा कर्तव्य हो,’ उनले भनेका छन्। 

प्रकाशित मिति: १८:०० बजे, बिहीबार, असोज २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्