राष्ट्रिय सभाका अध्यक्ष र समिति सभापतिबीच छलफल
सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरि समितिका बैठक तथा कामकारबाहीहरू नियमित गर्न निर्देशन दिए।-1758197532.jpg)
काठमाडौं, असोज २ : बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका समिति सभापति र सचिवहरूसँग छलफल गरे्का छन्।
सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरि समितिका बैठक तथा कामकारबाहीहरू नियमित गर्न निर्देशन दिए।
छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसा कुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी थिए।
प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, असोज २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
