जेनजीको निसानामा परेको किसुनजी घर [फोटो फिचर]
सुशासन पक्षमा जीवनभर लडेका एक निष्ठावान नेताको नाममा रहेको टिनको बाकस, सुराही र छाता समेत बाँकी नराखी आन्दोलनकारीहरुले जलाइदिएका छन्।![जेनजीको निसानामा परेको किसुनजी घर [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1758197269.jpg)
काठमाडौं, असोज २ : पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई।
नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री र सभामुख जस्ता उच्च पदमा पुगेका भट्टराईको जीवनशैली, त्याग, तपस्या र इमान्दारिता आज पनि नेपाली राजनीतिमा प्रेरणाका स्रोत बनेका छन्।
जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न नेतृत्वदायी भूमिका खेलेका भट्टराई नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एक थिए। उनले देश र जनताको लागि थोरै दिन पुगे पनि जुन योगदान दिए, ती सबै ऐतिहासिक र अविस्मरणीय छन्।

भदौ २३ र २४ गते जेनजीको नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा उक्त आश्रममा आगजनी गरियो। भ्रष्टाचारविरुद्धको भनिएको उक्त आन्दोलनको उद्देश्यविपरित गोदावरी नगरपालिका–१४ ललितपुरको बाडेगाउँ रहेको उक्त आश्रमलाई खरानी बनाइएकोमा धेरैले आपत्ति समेत जनाएका छन्।
सुशासन पक्षमा जीवनभर लडेका एक निष्ठावान नेताको नाममा रहेको टिनको बाकस, सुराही र छाता समेत बाँकी नराखी आन्दोलनकारीहरुले जलाइदिएका छन्।
-1758197129.jpg)
आश्रममा रहेका कतिपय महत्वपूर्ण सामग्रीहरु आन्दोलनकारीले लगेर गएका छन् । ५० को दशकमा उनले चढ्ने गरेको बा २ च १८४२ नम्बरको जिप पनि आगो लगाइदिएका छन् भने किसुनजीको माटोको अर्धकदको प्रतिमा फुटाएर मात्र फ्याकिएन आन्दोलनकारीले नै लात्तालै हान्दै घिसार्दै केही पर लगेर आगो लगाइदिएका थिए।
आश्रम परिसरमा सानाठूला गरेर पाँच वटा भवन रहेको आश्रमको भित्री भाग तथा त्यहाँ रहेका सबै सामान, किताब, उपहार, विदेशीसँगको भेटघाट र छलफल गरेका फोटा तथा नेपाली कांग्रेसका ऐतिहासिक कागजातहरु सबै जलेका छन्।
-(7)-1758197129.jpg)
-1758197138.png)
-(7)-1758197139.jpg)
-(7)-1758197134.jpg)
-(12)-1758197132.jpg)
-(1)-1758197152.png)
-(7)-1758197147.png)
-1758197137.png)
-(5)-1758197143.jpg)
-1758197141.jpg)
-(1)-1758197130.jpg)
-(6)-1758197130.jpg)
-(1)-1758197132.jpg)
-(1)-1758197149.png)












