Kathmandu Press

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत चेन सोङ्गको शिष्टाचार भेट

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङ्गले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका छन्।
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत चेन सोङ्गको शिष्टाचार भेट
प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबारस्थित कार्यालय जाँदै चिनियाँ राजदूत सोङ्ग ।

काठमाडौं, असोज २ : नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन्। 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङ्गले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका छन्।

प्रधानमन्त्री कार्की हालै सम्पन्न जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पदभार सम्हालेकी हुन्।
 
प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, असोज २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्