Kathmandu Press

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी 

गृहमन्त्री अर्यालले उनले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्न दिने विषयमा पनि विशेष जोड दिए।
जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी 

काठमाडौं, असोज २ : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पु¥याएको बताएका छन्। 

उनले जेनजी युवा समूहद्वारा सञ्चालित आन्दोलन सफल भएको उल्लेख गर्दै त्यस विद्रोहको क्रममा निर्वाचन आयोगका केही कार्यालय समेत क्षतिग्रस्त भएको जानकारी दिए।

Hardik ivf

‘अहिले जुन खालको विद्रोह भयो, त्यसको क्रममा सरकारी कार्यालयहरूमा व्यापक रूपमा क्षति पुगेको छ। निजी क्षेत्रहरूमा पनि सम्पत्तिहरू नष्ट गरिएको छ,’ उलने भने, ‘निर्वाचन आयोगका केही कार्यालयहरू पनि क्षतिग्रस्त भएका छन्। नेपाल सरकारले ती कार्यालयहरू पुनः सञ्चालनमा ल्याउने कार्य गरिरहेको छ।’

गृहमन्त्री अर्यालले उनले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्न दिने विषयमा पनि विशेष जोड दिए।

‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भए पनि मतदान गर्न पाउनुपर्ने माग अहिले धेरै ठूलो अपेक्षा बनेको छ,’ उनले भने, ‘सर्वोच्च अदालतले समेत यस विषयमा आदेश दिइसकेको धेरै वर्ष भइसकेको छ। अब यसलाई सम्भव बनाउनैपर्छ। प्राविधिक कठिनाइ भएपनि जहाँबाट सकिन्छ, यो व्यवस्था लागू गर्नु आवश्यक छ।’

गृहमन्त्री अर्यालले आगामी निर्वाचनलाई समावेशी र सहभागीमूलक बनाउन सबै पक्षलाई समेट्ने प्रयास आवश्यक रहेको भन्दै निर्वाचन आयोगसँग सहकार्यमा रहन सरकार तयार रहेको स्पष्ट पारे।
 

प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, असोज २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्