Kathmandu Press

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आयोगलाई गृहमन्त्रीको सुझाव

सर्वोच्च अदालतको आदेशबमोजिम पनि सकेसम्म सबै देशमा रहेका नेपालीलाई मतदानको अवसर दिलाउनुपर्ने आवस्यकता उनले औंल्याए।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आयोगलाई गृहमन्त्रीको सुझाव

काठमाडौं, असोज २ : गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउ निर्वाचन आयोगलाई सुझाव दिएका छन्। 

विहीबार निर्वाचन आयोगमा भएको छलफलमा गृहमन्त्री अर्यालले यस्तो सुझाव दिएका हुन्। उनले कम्तीमा पनि समानुपातिकतर्फ मतदानको व्यवस्था मिलाउनुपर्ने बाध्यता रहेको भनाई आयोग समक्ष राखेका थिए। 

Hardik ivf

अर्यालले निर्वाचन आयोगले यसको प्रबन्ध गर्नुपर्ने बताउँदै सरकारले आवश्यक अध्यादेश ल्याउने पनि बताएका छन्। सर्वोच्च अदालतको आदेशबमोजिम पनि सकेसम्म सबै देशमा रहेका नेपालीलाई मतदानको अवसर दिलाउनुपर्ने आवस्यकता उनले औंल्याए।

सम्बन्धित देशका दूतावासमा मतदानको व्यवस्था मिलाउन सकिने विकल्प पनि अर्यालले सुझाएका छन् । साथै अर्यालले सरकारले ‘नो भोट’ को व्यवस्था समेत मिलाइने बताए ।

 

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, असोज २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्