‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’
बिहीबार आफ्नो जलेको घरको अवलोकन गर्दै उनले नेपाली कांग्रेसका इमानदार नेताहरुको घर जलाउनुको कारण ०४६ सालमा कांग्रेसले खेलेको भूमिकालाई मेटाउन रहेको बताए।-(3)-1758175015.jpg)
काठमाडौं, असोज २ : कांग्रेस नेता प्रकाशमान सिंहले ०४६ सालको जनआन्दोलनमा कार्यगत एकता गर्दै अन्य दलहरुलाई पनि समावेश गराएर राष्ट्रिय एकताका लागि खेलेको आफ्नो नीजि निवास जलाइएकोमा दुःख व्यक्त गरेका छन्।
बिहीबार आफ्नो जलेको घरको अवलोकन गर्दै उनले नेपाली कांग्रेसका इमानदार नेताहरुको घर जलाउनुको कारण ०४६ सालमा कांग्रेसले खेलेको भूमिकालाई मेटाउन रहेको बताए।
उनले नेपालको हरेका प्रजातान्त्रिक आन्दोलनमा जनतालाई अधिकार दिलाउने कुरामा आफ्नो निवासबाट ठूलो भूमिका निर्वाह गरेको कुरा इतिहासको पानामा रहेकोपनि बताए। उनले जेनजी आन्दोलनमा जेनजीहरुकै इतिहास मेटाउने गलत मनसाय नरहेको भन्दै घुसपैठ भएको उल्लेख गरे।
-(5)-1758175041.jpg)
‘प्रजातान्त्रिक आन्दोलनमा जनतालाई अधिकार दिलाउने कुरामा यस घरबाट ठूलो भूमिका निर्वाह गरेको कुरा इतिहासको पानामा छ। यो घर सबै जनताका लागि राजनीति मन्दिर जस्तो हो भनेर भन्ने गरेका छन् । हुनपनि सबैतिर प्रयास गर्दा पनि अन्तिम सहाराका लागि आउने घर यही हो,’ उनले भने, ‘अहिले आन्दोलनका क्रममा जेनजीले पनि इतिहास मेटाउनुपर्छ भनेर लागेको होइनन् तर घुसपैठ भयो । कांग्रेसले ०४६ सालको जनआन्दोलनमा कार्यगत एकताको आधारमा अरु दलहरुलाई पनि समावेश गरेर खेलेको भूमिकालाई लिएर जलाइएको हो। कांग्रेसका इमानदार नेताहरुको घर जलाउनुको कारण नै यही हो।’
त्यस्तै उनले नेपाली कांगे्रस विधिको शासनलाई लिएर लडेको पार्टी भएकाले आगजनीका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र दोषिलाई कारवाही हुनुपर्ने बताए।
-(1)-1758175040.jpg)
-(5)-1758175041.jpg)












