रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.६ म्याग्नीच्यूडको भूकम्प
भूकम्पको धक्का लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लामा समेत व्यापक रूपमा महसुस गरिएको छ।
काठमाडौं, असोज २ : पूर्वी रुकुम र बागलुङ्गको सिमानालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति ८ बजेर २६ मिनेटमा ४.६ म्याग्नीच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लामा समेत व्यापक रूपमा महसुस गरिएको छ।
अहिलेसम्म कुनै पनि मानविय तथा भौतिक क्षति भएको विवरण भने प्राप्त भएको छैन।
प्रकाशित मिति: ०७:४६ बजे, बिहीबार, असोज २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












