Kathmandu Press

नयाँ गृहमन्त्रीको पदभार ग्रहण गरेलगत्तै नेपाल प्रहरीका ४८ जनाएसपीको सरुवा

सरुवा भएका एसपीहरूको जिम्मेवारी स्थानान्तरण प्रहरी प्रधान कार्यालय मार्फत प्रभावकारी रूपमा लागू हुँदैछ । सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारुलाई खटाइएको छ । 
नयाँ गृहमन्त्रीको पदभार ग्रहण गरेलगत्तै नेपाल प्रहरीका ४८ जनाएसपीको सरुवा
Hardik ivf

काठमाडौं, असोज २ : नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ । गृहमन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सरुवा प्रक्रिया अघि बढाएका छन् । 

सरुवा भएका एसपीहरूको जिम्मेवारी स्थानान्तरण प्रहरी प्रधान कार्यालय मार्फत प्रभावकारी रूपमा लागू हुँदैछ । सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारुलाई खटाइएको छ । 

पर्सामा सुदिपराज पाठक, बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की, सुनसरीमा केशव थेवेलाई पठाइएको छ । साथै भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई खटाइएको छ ।
 
प्रकाशित मिति: ०७:४३ बजे, बिहीबार, असोज २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्