Kathmandu Press

एमाले युवाहरुको पार्टी हो : महासचिव पोखरेल

एमालेका केन्द्रीय विभागको बैठकलाई सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए।
एमाले युवाहरुको पार्टी हो : महासचिव पोखरेल
फाइल तस्बिर।

काठमाडौं, असोज १ : एमालेका महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको बताएका छन्।

एमालेका केन्द्रीय विभागको बैठकलाई सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए। एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उनले बताए।

सोही क्रममा जेनजी प्रदर्शनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरियो। एमालेले असोज ३ गते संविधान दिवस मनाउने तयारीका लागि पार्टीको विभागीय बैठक राखेको थियो। 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि असोज ३ गते संविधान दिवस भव्यतापूर्वक मनाउने बताए। 

महासचिव पोखरेलले परिपत्र गर्दै संविधान दिवस भव्यताका साथ मनाउन प्रदेश कमिटी र जिल्ला कमिटी अध्यक्षलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: १९:३२ बजे, बुधबार, असोज १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्