गभर्नर पौडेलको खुलासा– संसद भवनभित्रको वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट
‘एक ठाउँमा सिरियस लुटपाट भएको छ। संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ,’ पौडेलले भनेका छन्।
काठमाडौं, असोज १ : नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा गरेका छन्। नगद र सुनसहित कुल ३८ करोड रुपैयाँ हाराहारीमा लुटपाट भएको भनाई पौडेलको छ।
गभर्नर पौडेलले जेन जी आन्दोलनकाक्रममा संसद् भवनभित्र रहेको बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको खुलासा गरेका हुन्। गभर्नर पौडेलले एक पडकास्टमा बोल्दै करोडौँको नगद र सुन चोरी भएको बताए।
‘एक ठाउँमा सिरियस लुटपाट भएको छ। संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ,’ पौडेलले भनेका छन्।
गभर्नर पौडेलका अनुसार जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट नगद र सुनसहित करिब ३८ करोड रुपैयाँ हाराहारीमा लुटपाट भएको छ। यस बिषयमा बैंकको सिसिटिभी हेरेर अनुसन्धान भइरहेको पौडेलको भनाई छ।
उनले आन्दोलनकाक्रममा पेमेन्ट सिस्टमहरू कायम रहोस् भन्ने राष्ट्र बैंकको ध्यान रहेको पनि बताए। उनले भनेका छन्, ‘पेमेन्ट सिस्टमहरू बचाई राख्नका लागि समग्र बैंकिङ क्षेत्र तैनाथ छ।’
गभर्नर पौडेलले जनाए अनुसार आन्दोलनकाक्रममा ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएका छन् । ६९ वटा एटिएममा असर पुगेको छ।











-ink-1744291933.jpeg)
