Kathmandu Press

सिके राउतलाई जनमतको अध्यक्षबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जना नेताले राजीनामाका लागि २४ घण्टे अल्टिमेटम दिएका हुन्। 
सिके राउतलाई जनमतको अध्यक्षबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम

काठमाडौं, असोज १ : जनमत पार्टीमा अध्यक्ष डा.सिके राउतको राजिनामाका लागि २४ घण्टे अल्टिमेटम दिइएको छ। 

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जना नेताले राजीनामाका लागि २४ घण्टे अल्टिमेटम दिएका हुन्। 

नेताहरुले जनताको अथक प्रयासबाट जनमत पार्टी बने पनि पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरू गरेको आरोप नेतृत्वमाथि लगाएका छन्। 

पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको उनीहरुको ठहर छ। 

उनीहरुले संगठन विभाग प्रमुख जयकान्त राउतको पनि राजीनामा मागेका छन्। 

पार्टी अध्यक्ष राउत र संगठन प्रमुख राउतको राजीनामा माग गर्नेमा केन्द्रीय प्रवक्ता डा.शरतसिंह भण्डारी, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन्।

प्रकाशित मिति: १८:५० बजे, बुधबार, असोज १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्