Kathmandu Press

कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा शव फेला

फेला परेको सिम रामेछाप खाडादेवी गाउँपालिका–६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइलीको रहेको प्रहरीले जनाएको छ।
कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा शव फेला

काठमाडौं, असोज १ : कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एउटा शव फेला परेको छ।

प्रहरीका अनुुसार शरीर पूरै जलेको अवस्थामा भेटिएको छ। शवसँगै फेला परेको सिमकार्डको आधारमा शवको पहिचान खुलेको छ। फेला परेको सिम रामेछाप खाडादेवी गाउँपालिका–६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइलीको रहेको प्रहरीले जनाएको छ। 

Hardik ivf

मृतकका परिवारले पनि २३ भदौबाट विकास हराइरहेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। सिम र परिवारले दिएको सूचनाका आधारमा मृतकको पहिचान खुलेको हो। 

शवलाई पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको छ। बुधबार फेला परेको शवसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ। 

यसअघि चावहिल चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो। ती शवको भने सनाखत हुन बाँकी छ। 

प्रकाशित मिति: १६:२८ बजे, बुधबार, असोज १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्