Kathmandu Press

दशैंको चहलपहल सुरु, गोंगबु बसपार्कमा यात्रुको भिडभाड 

‘जेनजी’द्वारा गरिएको प्रदर्शनका कारण क्याम्पसहरु बन्द रहेका कारण पनि विद्यार्थीले  उपत्यका छाड्ने तरखरमा छन्। 
दशैंको चहलपहल सुरु, गोंगबु बसपार्कमा यात्रुको भिडभाड 

काठमाडौं, असोज १ : विश्वकर्मा पुजाको दिन बुधबारदेखि दशैंको चहलपहल शुरु भएको छ। दशैंमा घर फर्किन काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो शुरु भएको छ।

विजयादशमी नजिकिँदै गर्दा बसको टिकटका लागि भिडभाड देखिएको हो। ‘जेनजी’द्वारा गरिएको प्रदर्शनका कारण क्याम्पसहरु बन्द रहेका कारण पनि विद्यार्थीले  उपत्यका छाड्ने तरखरमा छन्। 

सरोकारवालासहित यातायात व्यवस्था विभागमा मङ्गलबार बसेको बैठकले दसैँका लागि अग्रिम टिकट नखोल्ने निर्णय गरे पनि बसपार्कमा भिडभाड बढीरहेको छ । अहिलेदेखि नै काठमाडौं छाड्न यात्रुको भीड लाग्न थालेकाले यो बर्ष काठमाडौं चाँडो सुनसान हुने अवस्था देखिएको छ।  

यसैबीच, चाडवाडका बेला सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने भन्दै असोज ६ गते घटस्थापनादेखि असोज २२ गतेसम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरिएको छ। 

प्रकाशित मिति: १५:०२ बजे, बुधबार, असोज १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्