Kathmandu Press

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन 

यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि आन्दोलनका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो।
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन 

काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्षा असोज ७ र ८ गते सञ्चालन गरिने भएको छ। 

यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि आन्दोलनका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो।

Hardik ivf

बोर्डका अनुसार असोज ७ गते अनिवार्य अंग्रे्रेजी (००४१) र ८ गते अनिवार्य नेपाली (००२१) परीक्षा रहेको छ। 

एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि पहिलो दिन नै सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको हो। 

त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। 

बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ।
 

प्रकाशित मिति: १३:१६ बजे, बुधबार, असोज १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्