Kathmandu Press

बागमतीका सभामुख पाठकले उपसभामुखलाई बुझाए राजीनामा पत्र

भदौ २४ गते नै राजीनामा दिने घोषणा गरेका पाठकले आज उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन्। 
बागमतीका सभामुख पाठकले उपसभामुखलाई बुझाए राजीनामा पत्र

मकवानपुर, असोज १ : बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा दिएका छन्। 

भदौ २४ गते नै राजीनामा दिने घोषणा गरेका पाठकले आज उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन्। 

‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु,’ पत्रमा भनिएको छ। 

उनले राष्ट« रोएको बेला नेपाली जनताको चाहाना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको बताएका छन्।

उनी राप्रपाबाट प्रदेशसभा सदस्य निर्वार्चित भएका थिए। 

प्रकाशित मिति: १२:५८ बजे, बुधबार, असोज १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्