Kathmandu Press

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन 

पहिरो पन्छाएपछि नारायणघाट–मुग्लिन सडकखण्ड बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो। 
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन 

काठमाडौं, असोज १ : पहिरोका कारण रातिदेखि नै अवरुद्ध भएको नारायणघाट–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।

मंगलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

पहिरो पन्छाएपछि नारायणघाट–मुग्लिन सडकखण्ड बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो। 

मंगलबार राति ९ बजे पहिलो खसेर बाटो अवरुद्ध भएको थियो। केहीबेरमै पहिरो पन्छाएर बाटो सञ्चालनमा ल्याइएको थियो। 

तर, कहीबेरपछि नै पुनः ठूलो पहिलो जाँदा बाटो रातभर अवरुद्ध भएको थयो। पहिलो बिहानबाट मात्र पन्छाउन थालिउको थियो। 

 

प्रकाशित मिति: ११:१० बजे, बुधबार, असोज १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्