Kathmandu Press

आर्यघाटमा मृतकका आफन्त विक्षिप्त, शुभेच्छुक भावविह्वल

टिचिङ अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।
आर्यघाटमा मृतकका आफन्त विक्षिप्त, शुभेच्छुक भावविह्वल

काठमाडौं, भदौ ३१ : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ।

टिचिङ अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।

ज्यान गुमाएका सहिदमध्ये चार जनाको आज पशुपतिमा अन्त्येष्टि गरिएको हो। सो क्रममा पशुपति आर्यघाटमा मृतकका परिवारहरुको रुवाबासी चलेको थियो। आफन्त गुमाएकाहरु ठूलो संख्यामा आर्यघाटमा भेला भएका थिए। शव जलिरहँदा रुवाबासी चल्दा सन्नाटा छाएको हो।

Hardik ivf

शवयात्रामा सरिक भएर आर्यघाट पुगेकाहरु भावविह्वल बनेका थिए। सोमबार बसेको मन्त्रिपरिषद बैठकले जेन–जी प्रदर्शनमा मारिएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र मृतक परिवारलाई खर्चसमेत गरी १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो।

त्यस्तै सरकारले असोज १ गते राष्ट्रिय शोक दिवसको घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ। 

Photo-(8)-1758026174.jpg

Photo-(16)-1758026173.jpg

Photo-(28)-1758026176.jpg

Photo-(32)-1758026176.jpg

Photo-(40)-1758026178.jpg

Photo-(19)-1758026175.jpg

प्रकाशित मिति: १८:२२ बजे, मंगलबार, भदौ ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्