Kathmandu Press

प्रधानमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तवबीच भेट

भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तवबीच भेट

काठमाडौं, भदौ ३१ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्की र राजदूत श्रीवास्तवबीच सिंहदरबारमा भेटवार्ता भएको हो। 

Hardik ivf

भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

भेटकाक्रममा राजदूत श्रीवास्तवले भारतले नेपालको विकास, पुनः निर्माणमा सघाउने प्रतिवद्धता समेत व्यक्त गरेको बताइएको छ। भारत नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा समेत राजदूत श्रीवास्तवले बताएका छन्। 

बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, भदौ ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्