मानव अधिकार आयोगका पदाधिकारीले भेटे प्रधान सेनापति
प्रधानसेनापतीसँगको भेटवार्तामा जेनजीहरूले गरेको प्रदर्शन, शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल भएको बताइएको छ।
काठमाडौं, भदौ ३१ : राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले मंगलबार प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्।
प्रधानसेनापतीसँगको भेटवार्तामा जेनजीहरूले गरेको प्रदर्शन, शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल भएको बताइएको छ।
भेटमा मानव अधिकारको संरक्षण, आगामी सुरक्षा चुनौतीको आँकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई आयोगले सुझाव दिएको छ।
आयोगले जेनजी प्रदर्शन र त्यसपछिको बदलिँदो राजनीतिक परिस्थितिमा आयोगले सक्रियताका साथ मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको जानकारी गराएको थियो।
आयोगले नेपाली सेनाको संरक्षणमा रहेकाहरूसँग सम्पर्कमा रही उनीहरुको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिइरहेको छ।
प्रकाशित मिति: १८:०८ बजे, मंगलबार, भदौ ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












