Kathmandu Press

भारतको सिमलामा पिकअप जीप भीरबाट खस्दा चारजना नेपालीको मृत्यु

मृतकमा कुमाखका ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट छन्। दुर्घटनामा परी कुमाख गाउँपालिकाकै नवराज शाही, हिमबहादुर शाही र दुईजना भारतीय नागरिक समेत छन्। 
भारतको सिमलामा पिकअप जीप भीरबाट खस्दा चारजना नेपालीको मृत्यु

काठमाडौं, भदौ ३१ : भारतको सिमलामा पिकअप जीप भीरबाट खस्दा एकै परिवारका तीन जनासहित चार जना नेपालीको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार हिमाञ्जल प्रदेशको सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुने सबै सल्यानको कुमाख गाउँपालिका वडा नं–४ का हुन्। 

Hardik ivf

मृतकमा कुमाखका ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट छन्। दुर्घटनामा परी कुमाख गाउँपालिकाकै नवराज शाही, हिमबहादुर शाही र दुईजना भारतीय नागरिक समेत छन्। 

दुर्घटनामा मृत्यु हुनेमध्ये लक्ष्मी शाहीलाई घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ। घाइते अवस्थामा डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएको जनाइएको छ। 

उनको पनि उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालमा रहेका मृतकका परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार दुर्घटनापछि जीप चालकविरूद्ध भारतीय दण्ड संहिता (भारतीय न्याय संहिता) को धारा १०६ अन्तर्गत लापरबाहीका कारण मृत्यु हुने कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ। 

दुर्घटनालाई लिएर हिमाञ्जल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुर तथा शिक्षामन्त्री तथा कोटखाई क्षेत्रका सांसद रोहित ठाकुरले दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति: १५:२७ बजे, मंगलबार, भदौ ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्