Kathmandu Press

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन

गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले बग्गीखानामा तोडफोड सहित आगजनी गरेका थिए। आज मंगलबार मन्त्री अर्यालले आगजनीपछि कार्यालयको अनुगमन गरेका हुन्।
गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं, भदौ ३१ : गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमन गरेका छन्। 

गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले बग्गीखानामा तोडफोड सहित आगजनी गरेका थिए। आज मंगलबार मन्त्री अर्यालले आगजनीपछि कार्यालयको अनुगमन गरेका हुन्।

Hardik ivf

अवलोकन पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले देशलाई नष्ट पार्ने काम कसैले पनि गर्न नहुने भन्दै निजी तथा सार्वजनिक सम्पति जलाएर गलत काम भएको बताए। 

Photo-(14)-(20)-1758014342.jpg
 
त्यस्तै उनले सबै स्टेकहोल्डरहरुको कुरा आएपछि ट्राफिक प्रहरी कार्यालयमा पुननिर्माणको काम अगाडि बढाउने पनि जानकारी दिए। 

‘हामी नेपाली हौंm यो हाम्रो मातृभूमि हो। जतिसुकै कठिन अवस्था भएपनि हामीले व्यहोर्नै पर्छ। त्यसैले अब केही कुरामा धैर्यता राख्नुपनि पर्छ। हामी सबैको उद्देश्य एउटै छ, भावना एउटै छ,’ उनले भने, ‘देशलाई नष्ट पार्ने काम चाँही कसैले पनि गर्न हुँदैन् । अब भौतिक संरचनाको पुननिर्माण मात्र नभएर हाम्रो आचरण पद्दतीको पनि पुन निर्माण हुन सक्छ यो। यसमा सबै स्टेकहोल्डरहरुको कुरा आएपछि काम अगाडि बढाउँछौं।’ 
 
प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, भदौ ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्