यसपाली दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने
मंगलबार भएको यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीबीचको छलफलबाट यस्तो निष्कर्ष निकालिएको छ।
काठमाडौं, भदौ ३१ : अघिल्ला वर्ष जस्तो यस बर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ।
मंगलबार भएको यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीबीचको छलफलबाट यस्तो निष्कर्ष निकालिएको छ।
छलफलमा आन्दोलनपछि लगाइएको कफ्र्यु हटेको र टिकट काटेर सेवा सुरु भइसकेको अवस्थामा अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको हो।
त्रिपक्षीय छलफलबाट चाडपर्वमा यातायात सहज हुने निश्कर्ष समेत निकालिएको छ। सडकको अवस्था सहज रहेको ब्रिफिङ यातायात व्यवस्था विभागका प्रतिनिधिले गरेका थिए।
प्रकाशित मिति: १४:१० बजे, मंगलबार, भदौ ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार