जेनजी आन्दोलनका सहिदहरूको नगरपरिक्रमापछि अन्तिम विदाई
सहिदको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ। कतिपय सहिदहरुको पार्थिव शरीर सेनाको हेलिकप्टरबाट जन्मथलो लगिने भएको छ।-(36)-1758012849.jpg)
काठमाडौं, भदौ ३१ : जेनजी आन्दोलनका सहिदहरूको पार्थिव शरीर नगर परिक्रमापछि पशुपति आर्यघाट लगिएको छ।
त्रिवि शिक्षण अस्पतालबाट मात्रै १० शहीदको पार्थिव शरीर शव यात्राका लागि निकालिएको थियो। सहिदको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ। कतिपय सहिदहरुको पार्थिव शरीर सेनाको हेलिकप्टरबाट जन्मथलो लगिने भएको छ।
शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकास अर्याल समेत सहभागी भएका थिए।
---2025-09-16T144116.376-1758012991.jpg)
मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित अन्त्येष्टि गर्न लागेका हुन् । शवयात्राका क्रममा मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेर सर्वसाधारणले सहभागिता जनाएका छन्। कतिपयले सहभागीले ‘निःसन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडा समेत पैरिएका छन्।
मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरिसकेको छ । जेनजीको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ।
-(35)-1758012991.jpg)












