प्रधानमन्त्री कार्कीलाई भेट्न राष्ट्रियसभा अध्यक्ष दाहाल बालुवाटारमा
दाहालको सचिवालयले जनाए अनुसार भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो।
काठमाडौं, भदौ ३१ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन्।
दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्।
दाहालको सचिवालयले जनाए अनुसार भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो।
राष्ट्रियसभा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा भएको क्षतिबारे जानकारी गराएका छन्।
भेटका अवसरमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरताका लागि राष्ट्रियसभाको महत्वपूर्ण भूमिका हुने बताएको जनाइएको छ।
सचिवालयका अनुसार वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरेर अघि बढ्नुपर्नेमा कार्कीले जोड दिएकी थिइन्।












