Kathmandu Press

हर्क साम्पाङको दाबी : खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएको छ 

प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली गरेका साम्पाङ यसबीच बालुवाटार पुगेर गृृहमन्त्री बनाउन माग गरेको खबर पनि बाहिएको थियो तर उनले त्यसलाई झुट भनेका थिए।
हर्क साम्पाङको दाबी : खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएको छ 

काठमाडौं, भदौं ३१ : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन भनेको तर आफूले अस्वीकार गरेको दाबी गरेका छन्।

प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली गरेका साम्पाङ यसबीच बालुवाटार पुगेर गृृहमन्त्री बनाउन माग गरेको खबर पनि बाहिएको थियो तर उनले त्यसलाई झुट भनेका थिए।

यसैबीच आफूलाई साह्रै खिसीटिउरी गरिएपछि उनले खानेपानी र श्रममन्त्री त बन्न भनेको तर आफू नमानेको दाबी गरेका हुन्।

‘मलाई पदको लोभी भन्नेहरूलाई के थाहा देश दन्दनी जलिरहेको बेला सबै डराएर घरभित्र लुकेर बसेको बेला ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिनु खोजेको हुँ मैले’, साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्,  खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालय दिंदा पनि छोडेर नलिएको मान्छे हुँ म भारतीय दूतावास जानुपर्ने भनेपछि म हच्किएँ पछि थाहा हुन्छ विरोधी हो हर्क साम्पाङ को हो भन्ने ।’

प्रकाशित मिति: ०८:०६ बजे, मंगलबार, भदौ ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्