Kathmandu Press

जेनजी आन्दोलनमा ज्यान गुमाउने प्रहरीका परिवारलाई प्रतिपरिवार दश लाख क्षतिपूर्ति 

सोमबार एक विज्ञप्ती जारी गर्दै कार्यालयले नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षक देखि प्रहरी निरीक्षक सम्मको तलब कट्टा गरी प्रतिपरिवार दश लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएको हो । 
जेनजी आन्दोलनमा ज्यान गुमाउने प्रहरीका परिवारलाई प्रतिपरिवार दश लाख क्षतिपूर्ति 

काठमाडौं, भदौं ३१ : नेपाल प्रहरी प्रधान कार्यालयले भदौ २३ र २४ गते आन्दोलनको क्रममा ज्यान गुमाउने प्रहरीका परिवारजनलाई प्रति परिवार दश लाख उपलब्ध गराउने निर्णय गरेको छ । 

सोमबार एक विज्ञप्ती जारी गर्दै कार्यालयले नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षक देखि प्रहरी निरीक्षक सम्मको तलब कट्टा गरी प्रतिपरिवार दश लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएको हो । 

भदौ २३ र २४ गतेको आन्दोलनमा धेरै स्थानमा प्रहरी कार्यालयहरु जलेर ध्वस्त भएका थिए भने धेरै प्रहरीहरुले आफ्नो ज्यान गुमाउनु परेको थियो । 

प्रकाशित मिति: ०७:५९ बजे, मंगलबार, भदौ ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्