Kathmandu Press

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते शोक दिवस मनाउने

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शहिद घोषणाको साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरेको गृह एंव कानून मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्। 
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते शोक दिवस मनाउने

काठमाडौं, भदाै ३० : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शहिद घोषणाको साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरेको गृह एंव कानून मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्। 

Hardik ivf

‘जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय भएको छ, साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरिएको छ,’ उनले भने।

यस्तै, उनले क्षतिपूर्तिको हकमा १० लाख र अन्य खर्च वापत् ५ लाख गरेर १५ लाख अर्थमन्त्रालय मार्फत वितरण गर्ने निर्णय भएको पनि जानकारी दिएका छन्। 

बैठकबाट आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने र जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको स्मरणमा जेनजी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय पनि भएको छ। 

प्रकाशित मिति: २०:२८ बजे, सोमबार, भदौ ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्