जेनजी आन्दोलनका शहिद भएका सीरनको अन्त्यष्टि
आज सोमबार मृत्यु भएको सात दिनपछि बल्ल श्रेष्ठको शव अन्त्यष्टि गरिएको हो। उनलाई पशुपतिमा लगेर जलाइएको हो।-(39)-1757944455.jpg)
काठमाडौं, भदौ ३० : भदौ २३ गतेको जेनजी आन्दोलनमा मृत्यु भएको सीरन किशोर श्रेष्ठको शव आज अन्त्यष्टि गरिएको छ।
आज सोमबार मृत्यु भएको सात दिनपछि बल्ल श्रेष्ठको शव अन्त्यष्टि गरिएको हो। उनलाई पशुपतिमा लगेर जलाइएको हो।
सोही क्रममा उनका बुबा बसन्त किशोर श्रेष्ठले देशलाई अन्याय र भ्रष्ट्रचारमुक्त बनाउनको लागी विद्रोहीको रुपमा गएको परिणाम आफूहरुले भोग्नु परेको बताए।
‘देशलाई अन्याय र भ्रष्ट्रचारमुक्त बनाउनको लागी मेरो छोरा पनि आन्दोलनमा गएको थियो। उसलाई छातिमा दुई वटा गोली लागेको थियो। उसलाई सिभिल अस्पतालमा लगेको थियो। त्यहाँबाट केएमसि लगियो, त्यहाँ लगेको केही मिनेटमा नै उसको मृत्यु भयो । बुढि बालबच्चा भएको मान्छे थियो,’ उनले भने।
-(47)-1757944455.jpg)
---2025-09-15T193744.468-1757944457.jpg)
-(19)-1757944456.jpg)
-(34)-1757944458.jpg)
प्रकाशित मिति: १९:४० बजे, सोमबार, भदौ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












