Kathmandu Press

‘जेनजी’ आन्दोलनका मृतकका परिवारले राखे ५० लाख क्षतिपूर्तिसहित आठ बुँदे माग 

‘सम्पूर्ण मृतकहरूको परिवारलाई कम्तीमा ५० लाख क्षतिपूर्तिको व्यवस्थाका साथै नेपाल सरकारको सचिवसरह आजीवन पेन्सनको व्यवस्था गरियोस्।’ 
‘जेनजी’ आन्दोलनका मृतकका परिवारले राखे ५० लाख क्षतिपूर्तिसहित आठ बुँदे माग 
जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिँदै ।

काठमाडौं, भदौ ३० : ‘जेनजी’को आन्दोलनमा गोली लागेर मृत्यु भएकाका परिवारले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ५० लाख क्षतिपूर्तिसहित आठबुँदे मागपत्र पेस गरेका छन्।

गत भदौ २३ गते जेनजीको शान्तिपूर्ण आन्दोलनको क्रममा बलिदान, सहादत हुने पीडित परिवारहरूको तर्फबाट सामूहिक रूपमा मागपत्र पेश गरिएको हो। पीडित परिवारले भदौ २३ गतेलाई जेनजी राष्ट्रिय दिवस घोषणा गर्नुपर्ने माग समेत गरेका छन्। 

Hardik ivf

अर्को मागमा भदौ २३ र २४ गतेको शान्तिपूर्ण जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्ण मृतकलाई राष्ट्रिय सहिद घोषणा गर्न भनिएको छ । त्यसपछि जेनजी जनआन्दोलनका सम्पूर्ण मृतकको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनुपर्ने र राष्ट्रिय शोकका रूपमा राष्ट्रिय झन्डा ३० दिन आधा झुकाइनुपर्ने पीडितको माग छ। 

पीडित परिवारको चौथो मागपत्रमा भनिएको छ, ‘सम्पूर्ण मृतकहरूको परिवारलाई कम्तीमा ५० लाख क्षतिपूर्तिको व्यवस्थाका साथै नेपाल सरकारको सचिवसरह आजीवन पेन्सनको व्यवस्था गरियोस्।’ 

यस्तै सम्पूर्ण मृतकको अस्पतालदेखिकै सबै प्रक्रिया पूरा गरी श्रद्धाञ्जली सभा गर्न र राष्ट्रिय सम्मानका साथ चक्रपथ शवयात्रा परिक्रमा गराई परिवारलाई हस्तान्तरण गर्न पनि उनीहरुको माग छ। 

सम्पूर्ण मृतकका शवहरू सैनिक हेलिकोप्टरमार्फत गृहजिल्लामा पु¥याउनुपर्ने र गृहजिल्लामा पनि शवयात्राको व्यवस्था गर्नुपर्ने अर्को माग छ । यसबाहेक काजक्रिया खर्चबापत एक लाख रुपैयाँ तत्कालै उपलब्ध गराउन भनिएको छ। 

यस्तै, गोली हान्न आदेश दिने तथा हिंस्रक दमनमा संलग्न सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, फिल्ड कमान्डरलगायत अन्य दोषी पत्ता लगाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाही गर्नुपर्ने अर्को माग छ। 

मृतकका परिवारले ‘आमाबाबु, श्रीमान्श्रीमती, सगोल दाजुभाइ, बालबच्चालाई उचित लालनपालन, रोजगारी, स्वास्थ शिक्षा र भत्तालगायत सम्पूर्णको व्यवस्था सुनिश्चित गराइयोस्’ भन्ने माग समेत राखेका छन्। 

प्रकाशित मिति: १९:२१ बजे, सोमबार, भदौ ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्