Kathmandu Press

रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचन रद्द 

राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने मिति तोकेपछि उपनिर्वाचनका बाँकी सम्पूर्ण कार्यक्रम रद्द गरिएको आयोले जनाएको छ।
रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचन रद्द 

काठमाडौं, भदौ ३० : निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर-३ मा तोकिएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन रद्द गर्ने निर्णय लिएको छ।

आयोगले आगामी कात्तिक १७ गते सोमबार उपनिर्वाचन गर्ने गरी मिति तय गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने मिति तोकेपछि उपनिर्वाचनका बाँकी सम्पूर्ण कार्यक्रम रद्द गरिएको आयोले जनाएको छ। 

निर्वाचन आयोगको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। रुपन्देही-३ को उपनिर्वाचन रद्द गरिए पनि मनाङको उपनिर्वाचनबारे कुनै निर्णय नभएको आयोगले जनाएको छ। 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटनको निर्णय भए पनि प्रदेश सभाबारे कुनै निर्णय नहुँदा मनाङको निर्वाचन मिति कायमै रहेको हो। मनाङको निर्वाचनबारे सरकारसँग छलफल गरेर आयोगले निर्णय गर्ने भएको छ। 

प्रकाशित मिति: १८:५० बजे, सोमबार, भदौ ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्