Kathmandu Press

समयमै निर्वाचन भए एमालेले भाग लिन्छ : महासचिव पोखरेल 

‘परिस्थितिलाई समयमै आकलन गर्न सकेनौं । हाम्रा पनि केही कमजोरी हरू होलान् । तर त्यसका नाममा देशभक्तिमाथि प्रश्न गर्ने कुरा, विकास र समृद्धिको आकांक्षामाथि प्रश्न गर्ने कुरा उचित र न्यायपूर्ण कुरा होइन,’ उनले भने। 
समयमै निर्वाचन भए एमालेले भाग लिन्छ : महासचिव पोखरेल 

काठमाडौं, भदौ ३० : एमालेका महासचिव शंकर पोखरेलले समयमै निर्वाचन हुने वातावरण बने एमालेले भाग लिने बताएका छन्। 

उनले वर्तमान सरकार अन्तरिम भएकाले समयमै चुनाव गराउनुपर्ने बताएका छन् । पार्टी कार्यालय अवलोकन गर्नेक्रममा पोखरेलले यस्तो भनाई राखेका हुन्। पोखरेलले अन्य दलहरु पनि अभिमत प्राप्त गर्न जनतामा जान तयार हुनुपर्ने बताए। 

Hardik ivf

‘यो सरकार अन्तरिम सरकार भएका नाताले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो। शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने क्रममा सरकारको ध्यान जाने छ,’ उनले भने, ‘सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नु पर्दछ भन्ने हामी ठान्दछौं। किनकि जनमत प्राप्त गर्ने माध्यम भनेको सधैंभरि सडक जनमत प्राप्तिको माध्यम हुन सक्दैन।’

उनले युवाहरुको आकांक्षा समयमै पूरा गर्न नसकेको स्विकारोक्ति पनि गरे। ‘परिस्थितिलाई समयमै आकलन गर्न सकेनौं । हाम्रा पनि केही कमजोरी हरू होलान् । तर त्यसका नाममा देशभक्तिमाथि प्रश्न गर्ने कुरा, विकास र समृद्धिको आकांक्षामाथि प्रश्न गर्ने कुरा उचित र न्यायपूर्ण कुरा होइन,’ उनले भने। 

एमालेले युवाहरूको आकांक्षालाई पूरा गर्ने बाटोमा गइरहेको दाबी गर्दै बुझ्न नसकेको पनि पोखरेलले बताए। 

उनले भने, ‘हामी २०, २१ र २२ गतेका दिन पार्टीको दोस्रो विधान महाधिवेशनमा छलफल गरेर युवाहरूमा हुर्कंदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा लामो छलफल गरेर निर्णायक शक्ति निर्माणको २१ बुँदे कार्ययोजना हामीले तयार गरेका थियौं।’ 
 

प्रकाशित मिति: १८:४८ बजे, सोमबार, भदौ ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्