Kathmandu Press

भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो

मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो।
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो

मोरङ, भदौ ३० : जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव अर्थात मानव कंकाल फेला परेको छ।

मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगजनी र लुटपाटका क्रममा घटनास्थलमै कसैको मृत्यु भएको हुन सक् ।

जेन–जी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरू आन्दोलनकारीहरुको निसानामा परेको थियो।

धरानस्थित भाटभटेनीमा आगजनी हुँदा चार र काठमाडौंको चुच्चेपार्टी भाटभटेनीबाट ६ जनाको कंकाल भेटिएको थिया। उनीहरुको पहिचान भने खुल्न सकेको छ। 

भाटभटेनीले आफ्ना कोही पनि कर्मचारी हताहत नभएको बताएका उनीहरु लुटपाटका लागि गएका मानिसहरु हुनसक्ने आशंका गरिएको छ।

प्रकाशित मिति: १७:३६ बजे, सोमबार, भदौ ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्