Kathmandu Press

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष खडा 

‘हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरु बनाउनुपर्नेछ। आक्रोशको कारणले क्षति भयो । तर अब हामीले नै यो बनाउने हो।’ 
मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष खडा 

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन्।

मन्त्री घिसिङले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई अनुरोध समेत गरेका छन्। कोषको बिषयमा भने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ। 

पद बहाली समाल्नेक्रममा मन्त्री घिसिङले भने, ‘हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरु बनाउनुपर्नेछ। आक्रोशको कारणले क्षति भयो । तर अब हामीले नै यो बनाउने हो।’ 

उर्जामन्त्री समेत रहेका घिसिङले यसअघि पदबहालीलगत्तै डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका थिए। 

प्रकाशित मिति: १६:१५ बजे, सोमबार, भदौ ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्