Kathmandu Press

हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो : गृहमन्त्री अर्याल

उनले भ्रष्टाचाररहित समाज निर्माणको लागि देशमा शोकको परिस्थिती आएको भन्दै अब सुशासन कायम गर्ने र समृद्धि ल्याउने राष्ट्रिय विषयलाई लिएर अगाडि बढ्नु पर्ने बताए। 
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो : गृहमन्त्री अर्याल

काठमाडौं, भदौ ३० : गृह एंव कानूनमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष निर्वाचनको लागि काम गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको बताएका छन्। 

सोमबार सपथ ग्रहणपछि उनले तत्कालको अवस्थालाई सामान्यकरण गर्न प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु राखेको भन्दै सबैको मूल कार्यभार निष्पक्ष निर्वाचन नै रहेको बताए। 

Hardik ivf

‘प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा पनि स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु रहेर निष्पक्ष निर्वाचनको लागि काम गर्नुपर्ने मूल कार्यभार छ । यहीसँग सम्बन्धित रहेर सरकार गठन भएको हो,’ उनले भने, ‘तत्कालको अवस्थालाई हेर्दा स्थिति सामान्यकरण गर्नुपर्ने छ। आन्दोलनमा सरिक भएर ज्यान गुमाउने पीडितहरु जो हुनुहुन्छ उहाँहरुलाई सहिद पनि घोषणा गरिएको छ।’

यस्तै, उनले भ्रष्टाचाररहित समाज निर्माणको लागि देशमा शोकको परिस्थिती आएको भन्दै अब सुशासन कायम गर्ने र समृद्धि ल्याउने राष्ट्रिय विषयलाई लिएर अगाडि बढ्नु पर्ने बताए। 

‘कतिको दाहासंस्कार हुन बाँकी छ, कति घाइते हुनुहुन्छ। खासगरि जेनजीहरुको यसमा अगुवाई रहेको थियो। देशमा अहिले शोकको परिस्थिती छ। तर भ्रष्टाचाररहित समाज हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो,’ उनले भने, ‘सुशासन कायम गर्ने र समृद्धि ल्याउने भनेर राष्ट्रिय रुपमा जुन विषय उठेको छ, यसलाई राष्ट्रपतिले पनि स्वीकार गरेर अगाडि बढ्न एउटा अन्तरिम नागरिकको सरकार बनेको छ।’
सार्वजनिक सम्पत्तिमा क्षती पु¥याएको सम्बन्धमा अध्ययन अनुसन्धानहरु हुनुपर्ने आन्दोलनकारीहरु कै माग रहेको हुनाले छानबिन हुने पनि उनको भनाई छ। 

‘देशको प्रमुख अंगको रुपमा रहेका कार्यालयहरु नै क्षति भएको छ। काम गर्न पनि समस्याहरु आएको छ। मर्मत वा पुननिर्माण गरेर अगाडि बढ्न पनि चुनौती छ। सार्वजनिक सम्पत्तिमा क्षती पु¥याएको सम्बन्धमा अध्ययन अनुसन्धानहरु हुन्छ। साथै आन्दोलनकारीहरु को पनि माग छ,’ उनले भने। 
 

प्रकाशित मिति: १४:५६ बजे, सोमबार, भदौ ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्